Kathmandu Press

मञ्जुश्री मन्दिरमा यसरी गरियो सरस्वतीको पूजा (फोटो फिचर)

आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
मञ्जुश्री मन्दिरमा यसरी गरियो सरस्वतीको पूजा (फोटो फिचर)

काठमाडौं, फागुन ४ :  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आज अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने र नाक(कान छेडिदिने गर्दछन् ।

आजको दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
 
सरस्वती पूजाकै दिन स्वयम्भुस्थित मञ्जुश्री मन्दिरमा पनि बिहानैदेखि भीड लागेको छ । यस्तो देखियो मञ्जुश्री मन्दिरमा सवरस्वती पूजाः

प्रकाशित मिति: ०९:१२ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्