पश्चिम वायुको प्रभाव कायमै, केहि स्थानमा हिमपात र बर्षा
काठमाडौं, फागुन ४ : पश्चिम वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौं, फागुन ४ : पश्चिम वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाले आज विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ । हिमपात, वर्षा र हुस्सुले तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध छ ।
यस्तै आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।











