Kathmandu Press

बागमती प्रदेश सभा बैठक बुधबार, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

हेटौडा, फागुन ३ : बागमती प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ।प्रदेश सभा...
बागमती प्रदेश सभा बैठक बुधबार, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

हेटौडा, फागुन ३ : बागमती प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुखले फागुन ५ गते दिउँसो २ बजे बैठक बोलाएका छन्। बुधबार बिहान प्रदेश सभा कार्यपरामर्श समितिको बैठक बस्नेछ। बैठकबाट मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

यसअघि प्रदेश सभाको बैठक माघ १९ गते बोलाइएको बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो। यसको नेकपा र कांग्रेसका सांसदले विरोध गरको थिए।

नेकपा (प्रचण्ड-नेपाल) समूहका सांसदले मुख्यमन्त्री पाैडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री पाैडेल नेकपा (ओली) समूहका हुन्।

एक सय १० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र सदस्य छन्।

उनका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ आज सचिवालयमा दर्ता भएको छ। त्यस्तै, बुधबारको बैठकमा केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने उनले बताए।

 

प्रकाशित मिति: २०:२० बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्