४८२ रनको लक्ष्य पछ्याएको इग्ल्यान्ड दबाबमा
काठमाडौं, फागुन ३ : भारतविरुद्धको दोस्रो टेस्टमा ४८२ रनको विशाल लक्ष्य पछ्याएको भ्रमणकारी टोली इग्ल्यान्ड दबाबमा आएको छ। तेस्रो दिन ५८ रन बनाउँदा...
काठमाडौं, फागुन ३ : भारतविरुद्धको दोस्रो टेस्टमा ४८२ रनको विशाल लक्ष्य पछ्याएको भ्रमणकारी टोली इग्ल्यान्ड दबाबमा आएको छ। तेस्रो दिन ५८ रन बनाउँदा ३ विकेट गुमाएको छ।
इग्ल्यान्डका रोए ब्रुन्स २५, डम सिब्ले तीन र ज्याक लिच शून्यमा पभेलिया फर्किए। तेस्रो दिनको खेल सकिँदा डान लउरेन्स १९ र कप्तान जो रुट दुई रन बनाएर खेलिरहेका छन्। भारतका अक्षर पटेलले दुई तथा रविचन्द्रन आविश्वनले एक विकेट लिए।
तेस्रो दिन रविचन्द्रन आविश्वनले शतकीय योगदान दिएपछि भारतले इंग्ल्यान्डलाई जितका लागि ४८२ रनको विशाल लक्ष्य दिएको हो। आविश्वनको १०६ रन बनाएपछि भारत दोस्रो इनिङमा २८६ रनमा अलआउट भएको थियो। त्यस्तै, कप्तान विराट कोहलीले ६२ रनको योगदान दिए। इग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान चार विकेट लिए।
यसअघि ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो। ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले दुई सय ३१ बल खेल्दै एक सय ६१ रन बनाए। उनले १८ चौका र दुई छक्का प्रहार गरे।
यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा ऋषव पन्तले ५८ रन बनाए। इग्ल्यान्डका मोइन अली चार र ओली स्टोनले तीन विकेट लिएका थिए।
चेन्नईस्थित चिन्नस्वामी स्टेडियममा पहिलो इनिङमा इग्ल्यान्ड १३४ रनमै आउलआउट भएको थियो। खराब ब्याटिङ गरेको इग्ल्यान्डका लागि बेन फोकसले सर्वाधिक ४२ रन बनाए भने ओली पोपले २२, बेन स्टोक्सले १८ र डम सिब्लेले १६ रनको योगदान दिए।
इग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा आश्विनले २३.५ ओभरमा ४३ रन खर्चेर पाँच विकेट लिए। यस्तै, इशान्त शर्मा, अक्षर पटेलले समान दुई विकेट लिए।











