Kathmandu Press

राष्ट्रिय महिला लिग : विभागीय डर्बीमा एपीएफ विजयी, विराटनगरले वालिङलाई हरायो

काठमाडौं, फागुन ३ : काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा सोमबार दुई खेल भए। एन्फा कप्लेक्स मैदानमा भएको पहिलो खेल विभागीय डर्बी अथात् एपीएफ...
राष्ट्रिय महिला लिग : विभागीय डर्बीमा एपीएफ विजयी, विराटनगरले वालिङलाई हरायो

काठमाडौं, फागुन ३ : काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा सोमबार दुई खेल भए। एन्फा कप्लेक्स मैदानमा भएको पहिलो खेल विभागीय डर्बी अथात् एपीएफ र नेपाल पुलिस क्लबबीच भएको थियो भने दोस्रो खेल विराटनगर महानरपालिका र वालिङ नगरपालिकाबीच भएको थियो।

पहिलो खेलमा विभागीय डर्बी भीडन्तमा एपीएफले पुलिसलाई २–१ ले हरायो भने दोस्रो खेलमा विराटनगरले वालिङमाथि १–० को कठीन जित निकाल्यो।

प्रतियोगितामा एपीएफलाई लगातार १०औं जित दिलाउने क्रममा रविना गोलेले गोल गरिन् भने अर्को गोल आत्मघाती उपहार पाएको थियो। पुलिसका लागि अमृता चौधरीले गोल एक गोल गरिन्।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा एपीएफले अग्रता लियो। पुलिसले कप्तान घिमकुमारी गुरुङले आफ्नै पोस्टमा गोल गरेपछि एपीएफले अग्रता लिएको थियो।

७५औं मिनेटमा अमृताले गोल गर्दै पुलिसलाई खेलमा फर्काइन्। तर, खेल सकिन चार मिनेट बाँकी छँदा रविनाले गोल गर्दै एपीएफको विजयी यात्रालाई निरन्तरता दिइन्।

यसैगरी सोमबार भएको पहिलो खेलमा आशा कुमारीले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा विराटनगरले वालिङमा माथि १–० को कठीन जित निकाल्यो। आशाले ३५औं मिनेटमा फ्रि-किकमा गोल गरेकी थिइन्।

लगातार १० जित निकालेको एपीएफ ३० अंक जोड्दै शीर्ष स्थानमा छ। एपीएफ उपाधि नजिक पुगेको छ।

यसअिघि नै उपाधिको होडबाट बाहिरिसकेको पुलिस १४ अंकका साथ पाँचौं स्थानमा छ। यस्तै, विराटनगर १६ अंकसहित तेस्रो स्थानमा छ भने वालिङ १४ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्