७६ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
बारा, फागुन ३ : ७६ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । वृद्धालाई मकै बारीमा लगी जबर्जस्ती करणी गरेको...
बारा, फागुन ३ : ७६ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । वृद्धालाई मकै बारीमा लगी जबर्जस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा सोमबार पक्राउ परेका हुन् ।
लामामाथि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति: १७:३४ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












