Kathmandu Press

म्यानमारमा संविधान संशोधन गरेर प्रदर्शन नियन्त्रण गर्दै सैन्य सरकार

म्यानमारमा संविधान संशोधन गरेर प्रदर्शन नियन्त्रण गर्दै सैन्य सरकार

म्यानमार, फागुन ३ : म्यानमारमा सेनाले संविधान संशोधन गरेर प्रदर्शनकारीलाई पक्राउ गर्दै आन्दोलन नियन्त्रणमा लिने प्रयास गरेको छ । सैनिक ‘कू’ र आङ सान सुकीलगायतलाई नजरबन्द राखिएको  विरोधमा जारी जनप्रदर्शन नियन्त्रण गर्न सेनाले संविधान संशोधन गरेको हो। 

सैन्य सरकारले संविधान संशोधन गरेर बिनापक्राउ पुर्जी  घर तलासी र पक्राउ गर्ने अधिकार सेनालाई दिएको छ । सेनाले अदालतको आदेशबिना २४ घण्टासम्म जो कोहीलाई थुनामा राख्न सक्छ।

Hardik ivf

त्यस्तै, सेनाले सरकारविरुद्ध लाग्न जनतालाई उक्साएको र शान्ति भंग गरेको आरोपमा सात प्रख्यात कलाकार र नेसनल लिग फर डेमोक्रेसीका कार्यकर्तालाई पक्राउ गर्न आदेश दिएको छ ।  गायक लिन लिन, इन्सेन आंग सोइ, जस्ट सोसाइटी बायडा इन्स्टिच्युटका निर्देशक मायो यान नौंग थेइन, उद्घोषक मौंग मौंग आई र फेसबुक सेलिब्रिटी ई पेन्सिलो सामिललाई पक्राउ गर्न आदेश दिएको हो । 

त्यस्तै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सडकमा ननिस्कन आग्रह गरेको छ । सैन्य सरकारले पाहुनाको रिपोर्ट वडामा अभिलेख राख्नसमेत निर्देशन दिएको छ। 

रायटर रिपोर्टका अनुसार देशका केही भागमा ट्रेन सेवा ठप्प भएको छ ।  आन्दोलनका कारण कर्मचारीले काम गर्न अस्वीकार गरेपछि ट्रेन सेवा अवरोध भएको हो । त्यस्तै, रेलका कर्मचारी सेनाका प्रमुख जनरलको आदेश अवज्ञा गर्दै यांगुनमा आयोजित प्रदर्शनमा सहभागी भएका थिए।

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्