Kathmandu Press

अफगान सेनाको कारबाहीमा मारिए सात आइएस आतंककारी

जलालाबाद, फागुन  ३ : अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी  प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा  इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू...
अफगान सेनाको कारबाहीमा मारिए सात आइएस आतंककारी

जलालाबाद, फागुन  ३ : अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी  प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा  इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ  । 

प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा जनाइएको छ । 

Hardik ivf

यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार ओटा आत्मघाती भेस्ट, तीन ओटा एके–४७ राइफल र विस्फोटक पदार्थ र हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ । 

नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् ।
 

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्