Kathmandu Press

दाहाल-नेपाल समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिष्कार

सोमबार मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा दाहाल- नेपाल समूह अनुपस्थित छन्। वार्षिक उत्सवमा नेपाली कांग्रेसले पनि सहभागीता जनाएकाे छैन । 
दाहाल-नेपाल समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिष्कार

विराटनगर, फागुन ३ : प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको दाहाल नेपाल समूहले बहिष्कार गरेको छ।

सोमबार मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा दाहाल-नेपाल समूह अनुपस्थित छन्। वार्षिक उत्सवमा नेपाली कांग्रेसले पनि सहभागीता जनाएकाे छैन । 

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन। 

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन। 

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको बताए । 

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्