प्रधानमन्त्री ओलीले आज सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने
प्रधानमन्त्रीको सचिवालयले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने जनाएको छ । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए।
काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका मुख्यमुख्य कामका उपलब्धि सार्वजनिक गर्ने भएका छन्।
सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने जनाएको छ । ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम रहेकाे छ।