Kathmandu Press

कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै 

काठमाडौं, फागुन ३ : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।संसद विघटनपछि चरणबद्ध...
कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै 

काठमाडौं, फागुन ३ : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको का‍ग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ।  पार्टी सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल समेत गरेका छन् ।

नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन्।

प्रकाशित मिति: ०८:५७ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्