काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना

काठमाडौं, फागुन ३ : आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज दिउँसो काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुन सक्ने भएकाले आज देशभरको तापक्रममा गिरावट आउन सक्नेछ ।
आज बिहान ५ः ४५ को मापनमा काठमाडौँको तापक्रम ८ डिग्री सेल्सियस छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बुधबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।
आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
प्रकाशित मिति: ०८:४२ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











