Kathmandu Press

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुम बराबरीमा 

काठमाडौं, फागुन ३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ।म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको...
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुम बराबरीमा 

काठमाडौं, फागुन ३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ।

म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । आइतबार भएको खेलको दोस्रो मिनेटमा नै वेष्ट ब्रुमका एम्बाए डाएग्नेले गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ मिनेटमा बल्ल म्यानचेस्टर युनाइटेडले बराबरी गर्न सक्यो । उसका ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो ।

खेल  बराबरी गरेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  म्यानचेस्टर युनाइटेडले २४ खेलमा ४६ अंक जोडेको छ भने ऊ शीर्ष स्थानको म्यान्चेस्टर सिटी भन्दा ७ अंकले पछि रहेको छ । म्यानचेस्टर  सिटीको २३ खेलबाट ५३ अंक छ ।

यस्तै,  गएराति भएकै खेलमा उल्भ्सले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, आर्सनलले लिड्स युनाइटेडलाई ४ –२ गोल अन्तरले हराउँदा ब्राइटन र एस्टोन भिल्लाले भने गोलरहित बराबरी  खेलेका छन् । 

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, फागुन ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्