२४ घण्टामा भारतमा ११ हजार कोरोना संक्रमित थपिए
काठमाडौं, फागुन ३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ९१...
काठमाडौं, फागुन ३ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख १६ हजार १७२ पुगेको छ । हालसम्म भारतमा १ करोड ६ लाख १९ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:११ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











