ला लिगाको दोस्रो स्थानमा रियल मड्रिड
काठमाडौं, फागुन ३ : रियल मड्रिड ला लिगा फुटबलको दोश्रो स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोलले पराजित गर्दै...
काठमाडौं, फागुन ३ : रियल मड्रिड ला लिगा फुटबलको दोश्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक-एक गोल गरे ।
खेलको १२ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ४२औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए ।
दोस्रो स्थानमा उक्लिएको रियलको ४९ अंक भएको छ । भ्यालेन्सिया २४ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: ०७:०७ बजे, सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











