कर्णालीका मुख्य न्यायाधीवक्ता मानन्धरले दिए राजिनामा
काठमाडौं, फागुन २ : कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभुषण मानन्धरले आइतबार राजिनामा दिएका छन्।काठमाडौं, फागुन २ : कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभुषण मानन्धरले आइतबार राजिनामा दिएका छन्।
उनी २८ चैत ०७४ मा कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता नियुक्त भएका थिए। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनलाई नियुक्त गरेका थिए।
‘आफ्नो पदीय जिम्मेवारीमा दुई वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफूलाई गौरवान्वित ठानेको छु,’ मानन्धरले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्छु।’
निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले आइतबारदेखि पदबाट राजीनामा दिएको उनले बताएका छन्।
प्रकाशित मिति: १९:५९ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कम्बोडिया पुगे सभामुख घिमिरे शनिबार, मंसिर ८, २०८१
मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंहशनिबार, मंसिर ८, २०८१
एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी होशनिबार, मंसिर ८, २०८१
दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवानाशनिबार, मंसिर ८, २०८१