Kathmandu Press

अफगानिस्तानी रक्षामन्त्रीका छोरा र चालकको हत्या

काबुल, फागुन २ : अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र  छोराको हत्या भएको छ ।  सरकारी अधिकारीले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच...
अफगानिस्तानी रक्षामन्त्रीका छोरा र चालकको हत्या
Hardik ivf

काबुल, फागुन २ : अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र  छोराको हत्या भएको छ ।  सरकारी अधिकारीले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो ।     

राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् ।  देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन्।     
     
घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन।   

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्