कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बाेलाइयाे
काठमाडौं, फागुन २ : प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलनका विषयमा थप निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बोलाइएको छ।कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव...
काठमाडौं, फागुन २ : प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलनका विषयमा थप निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बोलाइएको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका छन्। विज्ञप्तिमा फागुन ५ गते बुधबार दिनको २ बजे बैठक बस्ने जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध जारी आन्दोलन र आगामी योजनाका विषयमा छलफल हुने जनाएको छ।
त्यस्तै, समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने मुख्य सचिव पौडेलले बताए। बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नसक्ने जनाएको छ।
प्रकाशित मिति: १९:११ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











