Kathmandu Press

इंग्ल्यान्ड १३४ रनमै अलआउट, भारतलाई २४९ रनको अग्रता

काठमाडौं, फागुन २ : घरेलु टोली भारतविरुद्धको दोस्रो तेस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड १३४ रनमै आउलआउट भएको छ। चेन्नईस्थित चिन्नस्वामी स्टेडियममा दोस्रो दिन...
इंग्ल्यान्ड १३४ रनमै अलआउट, भारतलाई २४९ रनको अग्रता

काठमाडौं, फागुन २ : घरेलु टोली भारतविरुद्धको दोस्रो तेस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड १३४ रनमै आउलआउट भएको छ। चेन्नईस्थित चिन्नस्वामी स्टेडियममा दोस्रो दिन भारतलाई ३२९ रनमा आउलआउट गर्दै इनिङ सुरुवात गरेको इंग्ल्यान्ड ५९.५ ओभरमा १३४ रनमै अलआउट भयो। 

खराब ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेन फोकसले सर्वाधिक ४२ रन बनाए भने ओली पोपले २२, बेन स्टोक्सले १८ र डम सिब्लेले १६ रनको योगदान दिए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले २३.५ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । यतै, इशान्त शर्मा, अक्षर पटेलले समान २ विकेट लिए ।

दोस्रो दिन नै दोस्रो इनिङ सुरुवात गरेको भारतले दोस्रो दिनको खेल सकिँदा १ विकेटको क्षतिमा ५४ रन बनाएको छ । उसका रोहित शर्मा २५ र चेतेश्वर पुजारा ७ रन बनाएर क्रिजमा छन्। शुभमन गिल १४ रन बनाएर आउट भए। योसँगै भारतले २४९ रनको अग्रता लिएको छ।

यसअघि ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो। ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले दुई सय ३१ बल खेल्दै एक सय ६१ रन बनाए। तीन सय २७ मिनेट क्रिचमा बिताएका उनले १८ चौका र दुई छक्का प्रहार गरे। यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा ऋषव पन्तले ५८ रन बनाए।

इंग्ल्यान्डका मोइन अली  चार र ओली स्टोनले ३ विकेट लिए।

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्