भारतमा ८० लाखभन्दा बढीले लगाए कोभिड–१९ विरुद्धको खोप
नयाँ दिल्ली, फागुन १ : भारतमा ८० लाख ५२ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नयाँ दिल्लीमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सहसचिव...
नयाँ दिल्ली, फागुन १ : भारतमा ८० लाख ५२ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
नयाँ दिल्लीमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सहसचिव डा. मनदीप भण्डारीले भने, ‘पहिलो डोज खोप लगाउनेलाई आजबाट दोस्रो डोज दिइएको छ । ७ हजार ६ सय ६८ स्वास्थ्यकर्मीले दोस्रो डोज लगाएका छन् ।’
उनका अनुसार ५९ लाखभन्दा बढी स्वास्थ्यकर्मी र २१ लाखभन्दा बढी फ्रन्टलाइन कामदारलाई खोप लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३४ जनालाई कोभिड–१९ को खोप दिएपछि समस्या देखिएकाले अस्पतालमा भर्ना गरिएको थियो तर २१ जना डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित मिति: १६:२७ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












