Kathmandu Press

पत्रकारलाई धम्क्याउँदा बाइडेनका उपप्रेस सचिव राजीनामा दिन बाध्य 

ब्लुमबर्ग, फागुन २ : ह्वाइट हाउसका उपप्रेस सचिव टिजे डक्लोले शनिबार राजीनामा दिएका छन् ।  उनले अलेक्सी म्याकाँमन्डसँगकाे सम्बन्धको छानबिन गरिरहेकी महिला पत्रकार तारा...
पत्रकारलाई धम्क्याउँदा बाइडेनका उपप्रेस सचिव राजीनामा दिन बाध्य 

ब्लुमबर्ग, फागुन २ : ह्वाइट हाउसका उपप्रेस सचिव टिजे डक्लोले शनिबार राजीनामा दिएका छन् ।  उनले अलेक्सी म्याकाँमन्डसँगकाे सम्बन्धको छानबिन गरिरहेकी पत्रकार तारा पालमेरीलाई धम्की दिएको आरोपमा राजीनामा दिनुपरेकाे हाे । 

डक्लो र अलेक्सी म्याकाँमन्डबीचको प्रेम सम्बन्धबारे  लेखिएको समाचारलाई लिएर उनले महिला पत्रकारलाई अभद्र व्यवहार गरेका थिए । । डक्लोले पालमेरीलाई जीवन नै बर्बाद पार्नेसम्मको धम्की दिएका थिए ।  

तर राजीनामापश्चात् डक्लोले आफ्नो टिप्पणीप्रति क्षमायाचना गरेका छन् । ‘कुनै पनि शब्दले मेरो आत्मग्लानि, अप्ठ्यारो र मेरो व्यवहारप्रतिको घृणालाई व्यक्त गर्न सक्दैन,’ उनले ट्वीटर  लेखेका छन्, ‘मैले त्यस्तो भाषा प्रयोग गरें, जुन कुनै महिलाले कहिल्यै कसैबाट सुन्नुहुँदैन ।’ 

डक्लोले २०१६ अप्रिलदेखि २०१७ मार्चसम्म ब्लुमबर्गमा सञ्चार विभागमा काम गरेका थिए । 
 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्