Kathmandu Press

‘नेकपाको आधिकारिकता विवाद हल नभई कसरी निर्वाचन हुन्छ ?'

काठमाडौं, फागुन २ : दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिता विवाद हल नभई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।  आयोगले बोलाएको छलफलमा...
‘नेकपाको आधिकारिकता विवाद हल नभई कसरी निर्वाचन हुन्छ ?'

काठमाडौं, फागुन २ : दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नभई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ ।  आयोगले बोलाएको छलफलमा सहभागी दाहाल–नेपाल समूहले  नेकपाको आधिकारिकता विवाद हल नभई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको हो ।

आयोगको बैठकमा उपस्थित दाहाल–नेपाल समूहका  स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, ‘सर्वदलीय बैठक बसेको थियो । हामीले तपाईंहरुले निर्वाचनको आचारसंहिता त बनाउनुभयो । ६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरुको हल नगरी कसरी निर्वाचन गराउनुहुन्छ भनेर प्रश्न सोध्यौँ ।’

पोखरेलले आयोगले दुवै समूहको आधिकारिकता दाबीलाई मान्यता दिन नसकेको र ४४१ स्थायी कमिटी सदस्यलाई मान्यता दिएको बताए ।  नेकपा आधिकारिकता विवाद हल नभई र सर्वाेच्चले प्रतिनिधिसभा विघटन मुद्दाकाे फैसला नगरेसम्म निर्वाचन नहुने पाेखरेलकाे भनाइ छ ।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्