निर्वाचन आयोग र दलहरुबीच आज छलफल हुने
निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान साढेएघार बजे दलहरूलाई बोलाइएको आयोगले जनाएको छ ।
काठमाडौं, फागुन २ : निर्वाचन आयोगले आज दलहरूलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान साढे एघार बजे दलहरूलाई बोलाइएको आयोगले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको छ ।
आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जानकारी दिएको छ। उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको हो।
सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको छ। तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। तर आयोगले कसैलाई पनि मान्यता दिएको छैन।











