Kathmandu Press

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ लाख नाघ्यो

काठमाडौं, फागुन २ : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट  १० हजार...
विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ लाख नाघ्यो

काठमाडौं, फागुन २ : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट  १० हजार १ सय जनाले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ५ हजार नाघेको हो । 

Hardik ivf

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमित संख्या १० करोड ९० लाख ८८ हजार ४१२ पुगेको छ ।

यस्तै, विश्वभर ८ करोड १२ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९६ हजार ३३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३८ हजार ६४७ जना, भारतमा १ लाख ५५ हजार ६७३ जना, रूसमा ७९ हजार ६९६ जना, बेलायतमा १ लाख १६ हजार ९०८ जना, फ्रान्समा ८१ हजार ६४७ जना, इटालीमा ९३ हजार ३५६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ०९:०७ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्