Kathmandu Press

आज फेब्रुअरी १४ : प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’

काठमाडौं, फागुन २ : विश्वभर फेब्रुअरी १४ तारिखका दिन आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।  नेपालमा पनि केही वर्षयता युवा युवतीले प्रेम...
आज फेब्रुअरी १४ : प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’

काठमाडौं, फागुन २ : विश्वभर फेब्रुअरी १४ तारिखका दिन आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ।  नेपालमा पनि केही वर्षयता युवा युवतीले प्रेम दिवसलाई महत्वका साथ मनाउन थालेका छन् ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर “विल यु बी माई भ्यालेन्टाइन’ सबैले आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्ने गरिनछ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्।

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । भ्यालेन्टाइन डे को सुरुवात इस्वी संवत् २६९ फेब्रुअरी १४ तारिखका दिन रोमनमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएपछि शुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएपछि झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनको सम्झना भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो। 

प्रकाशित मिति: ०८:१६ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्