Kathmandu Press

आजदेखि कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई कोरोनाविरूद्ध खोप लगाईने 

काठमाडौं, फागुन २ : सरकारले आजदेखि सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई आइतबारदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका...
आजदेखि कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई कोरोनाविरूद्ध खोप लगाईने 

काठमाडौं, फागुन २ : सरकारले आजदेखि सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई आइतबारदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिइनेछ। यस्तै पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरू, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू, पहिला छुट भएका स्वास्थ्यकर्मीहरू लाई पनि खोप दिइँदैछ।

स्वास्थ्य स्वयमसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि खोप दिने र यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ। खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ। यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो ।

त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो । 

प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, फागुन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्