प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० ले हरायो

काठमाडौं, फागुन २ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ ।
गएराति भएको खेलमा टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ ।
लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ । अर्को खेलमा बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै बर्नलीको २६ अङ्क भएको छ ।
यस्तै गएराति नै ब्राइटन र एस्टोन भिल्लाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











