भारतमा थप १२ हजार १८८ जनामा संक्रमण
काठमाडौं, फागुन २ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ८५...
काठमाडौं, फागुन २ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ६७३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ४ हजार ७३८ पुगेको छ । यस्तै, भारतमा १ करोड ६ लाख ९ हजार ७८८जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३९ हजार २७७ छ ।
प्रकाशित मिति: ०७:१० बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











