Kathmandu Press

भागरथी हत्या घटनामा उच्चस्तरीय छानविन समिति गठन गर्न माग

धनगढी, फागुन १ : बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएको...
भागरथी हत्या घटनामा उच्चस्तरीय छानविन समिति गठन गर्न माग

धनगढी, फागुन १ : बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएको छ।

कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले बलात्कारपछि हत्या गरिएकी किशोरीका दोषीलाई कानूनीमा दायरामा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गर्नुपने बताइन्। प्रदेश सरकारले दोषी पत्ता लगाउने कार्यमा कदम चाल्न माग गरिन्।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भट्टको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो अनुसन्धान गरेर अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भट्टको परिवारलाई न्याय दिलाउन सरकार सम्बद्ध सबै पक्षलाई अनुरोध गरिन्।

नेत्री सङ्ग्रौलाले महिला अब कतै सुरक्षित नभएको भन्दै घरबाट निस्कन पनि डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्। यसकाविरुद्ध नागरिक समाजलगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिदैं भागरथीका दोषीलाई चाडै पत्ता लगाएर कडा कारवाही गर्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्