Kathmandu Press

रोहितको शतकले भारत पहिलो दिन बलियो स्थितिमा

काठमाडौं, फागुन १ : ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो अवस्थामा पुगेको छ।चेन्नाईमा जारी टेस्टमा...
रोहितको शतकले भारत पहिलो दिन बलियो स्थितिमा

काठमाडौं, फागुन १ : ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो अवस्थामा पुगेको छ।

चेन्नाईमा जारी टेस्टमा पहिलो दिनको खेल सकिँदा रोहितको शतक मद्दतमा भारतले ६ विकेटको क्षतिमा तीन सय रन बनाएको छ। ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले दुई सय ३१ बल खेल्दै एक सय ६१ रन बनाए।

तीन सय २७ मिनेट क्रिचमा बिताएका उनले १८ चौका र दुई छक्का प्रहार गरे। यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा चेतेश्वर पुजारा २१ रन बनाएर आउट भए।

पहिलो दिनका खेल सकिँदा विकेटपिकर ब्याट्सम्यान ऋषव पन्त ३३ र अक्षर पटेल पाँच रन बनाएर नट आउट छन्।

इंग्ल्यान्डका ज्याक लिच र मोइन अलीले समान दुई विकेट लिँदा ओली स्टोन र कप्तान जो रुटले एक–एक विकेट लिए।

चेन्नईमै भएको पहिलो टेस्ट इंग्ल्यान्डले दुई सय २७ रनले जितेको थियो । भारत भ्रमणमा रहेको इंग्ल्यान्डले चार खेलको टेस्ट, पाँच खेलको टि–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

प्रकाशित मिति: १९:११ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्