Kathmandu Press

विद्युत आयोजनाको नहर भत्किँदा दुई मजदुरको मृत्यु

दार्चुला, फागुन १ : दार्चुलामा निर्माणाधीन विद्युत् आयोजनाको नहर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।अपिहिमाल गाउँपालिका ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत्...
विद्युत आयोजनाको नहर भत्किँदा दुई मजदुरको मृत्यु

दार्चुला, फागुन १ : दार्चुलामा निर्माणाधीन विद्युत् आयोजनाको नहर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।

अपिहिमाल गाउँपालिका ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् आयोजनाको नहरको निर्माणका क्रममा भत्किएको हो। नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको चलिरहेको थियो। यो आयोजना वैकिल्पक ऊर्जा प्रवर्द्धन केन्द्र, संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण भइरहेको हो।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्