Kathmandu Press

उपाधिका लागि प्रिन्स र दिपेश भिड्ने

काठमाडौं, फागुन १ : एपिएफका प्रिन्स दाहाल र एपिएफकै दिपेश धामी पुनः एकपटक उपाधिका लागि भिड्ने भएका छन् । प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन...
उपाधिका लागि प्रिन्स र दिपेश भिड्ने

काठमाडौं, फागुन १ : एपिएफका प्रिन्स दाहाल र एपिएफकै दिपेश धामी पुनः एकपटक उपाधिका लागि भिड्ने भएका छन् । प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स र दिपेश उपाधिका लागि भिड्ने भएका हुन्।

चितवनमा जारी प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले पूर्वनम्बर एक खेलाडी भोजपुरका विकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पराजित गरे भने राष्ट्रिय च्याम्पियन दिपेशले सेनाका नवीन श्रेष्ठमाथि २१–१९, २१–१७ को जित निकाले।

यसअघि दुईको भिडन्त १०औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा भएको थियो । जसमा प्रिन्सले बिजय हात पार्दै उपाधि जितेका थिए।

रशिला र जेशिका उपाधीका लागि भिड्ने

यसैगरी नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ महिला एकलको फाइनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१–१३, २१–१७ ले तथा जेशिकाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन्।

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्