Kathmandu Press

समानुपातिकतर्फ ५० लाख मत ल्याउने प्रधानमन्त्रीको दाबी

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले...
समानुपातिकतर्फ ५० लाख मत ल्याउने प्रधानमन्त्रीको दाबी

काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले आज बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’

त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, ‘हामी प्रत्यक्षतर्फ बहुमत ल्याउँछाै‌ । घटाएर देखाउनुहोस् । किन निर्वाचनसँग डराउनुहुन्छ ?'

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्