'पार्टी छाडेर गएकाहरु आत्तिरहेका छन्'
काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूह देश बनाउन छाडेर आफू बन्ने उद्देश्यतर्फ लागेको आरोप लगाएका छन् । उनले आज....jpg)
काठमाडौं, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूह देश बनाउन छाडेर आफू बन्ने उद्देश्यतर्फ लागेको आरोप लगाएका छन् । उनले आज बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै दाहाल–नेपाल समूह देश बनाउन छाडेर आफू बन्ने उद्देश्यमा लागिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘केही मानिसले देश बनाउने होइन, आफू बन्ने उद्देश्य छोडेनन् । एकताको उद्देश्य होइन, फाटो र गुटको उद्देश्य छोडेनन् । त्यस्तो गलत अवस्थाबाट अगाडि बढ्दा पार्टी छोडेर गएका छन् ।’
ओलीले नेकपा नफुटे पनि जस्ताको तस्तै नरहेको बताए । उनले भने, ‘पार्टी जस्ताको तस्तै छैन, केही तत्त्व बाहिरिएका छन् । देश बनाउन नचाहनेहरु पार्टी छोडेर बाहिरिएका छन् । बाहिर गएर पनि आत्तिरहेका छन् । उनीहरु संकीर्ण डम्फू बजाइरहेका छन् ।’
त्यस्तै, चुनावमा जानु प्रतिगमन नभएको ओलीको तर्क छ । उनले भने, ‘चुनाव हुने भनेको प्रतिगमन हो रे ? ताजा जनादेशमा जानु प्रतिगमन हो र ?’
उनले सरकार देश विकास, समृद्धि र जनतालाई सुख दिन लागिपरिरहेको बताए ।











