Kathmandu Press

हामी प्रधानमन्त्री ओलीको पक्षमा : मन्त्रीद्वय भट्ट र रायमाझी

काठमाडौं, फागुन १ : नेकपा ओली समूहको शनिबार बुटवलमा आयोजित सभामा सरकारका दुई मन्त्रीहरूलाई विशेष रूपमा प्रस्तुत गरियो। सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूहरू ओली समूहमै रहेको स्पष्टीकरण दिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ माघको सभामा ओली सरकारका दुई मन्त्रीहरू आफ्नो समूहमा आउन वार्तामा रहेको बताएका थिए। प्रचण्डको भनाइको जवाफ दिँदै मन्त्रीद्वयले आफूहरू ‘सडकछाप आन्दोलन’मा नजाने बताए।

‘प्रधानमन्त्री ओली राष्ट्रियताका पक्षमा उभिनुभएको छ। कालीपानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको उहाँकै पहलमा संसदले अनुमोदन गरेको हो,’ मन्त्री भट्टले भने, ‘शाकाहारीबाट मांसहारीतर्फ उन्मुख तीनजना पूर्वप्रधानमन्त्रीहरूलाई धेरैपटक यसबारे कुरा राखेका थियौँ। उहाँहरूले सुन्नुभएन। ओलीको नेतृत्वमा संसदमा राष्ट्रिय एकता प्रदर्शन भयो।’

सार्वभौमिकता र अखण्डताका पक्षमा दह्रोसँग उभिएकाले आफूहरू ओलीको पक्षमा उभिएको भट्टले बताए। ‘अहिले छाङरुमा सेना र सशस्त्र प्रहरीको उपस्थिति छ। त्यहाँ राज्यको उपस्थिति छ, त्यसैले हामी प्रधानमन्त्रीका पक्ष छौँ,’ भट्टले भने।

मन्त्री रायमाझीले प्रचण्ड-नेपाल समूहका नेताहरू उटपट्याङ कुरा गरिरहेको आरोप लगाए। ‘विचार, विधि, योजना र कार्यक्रम र राष्ट्र निर्माणको दृष्टिकोणले केपी ओली नेतृत्वको पार्टीले मात्र अगुवाइ गर्छ र गन्तव्यमा पुर्‍याउँछ,’ मन्त्री रायमाझीले भने, ‘केपी ओलीको नेतृत्वमा रहेका कतिपय मन्त्रीहरू सडकछाप साथीहरूतिर फर्किने छन्, कुरा भइरहेको छ भनेर काठमाडौंमा साथीहरूले लल्कार्नुभयो। साथीहरू व्यापक रूपमा झुटको खेती गरिरहनुभएको छ। अब उता जाने होइन, अब उता कोही जाँदैन, उताबाट आउने कुरा छ। लर्को लागिरहेको छ।’
 
प्रकाशित मिति: १५:२९ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्