Kathmandu Press

दाहाल–नेपालमा युद्ध र आन्दोलनको धङधङी अझै छ : रायमाझी

काठमाडौं, फागुन १ : नेकपा (ओली) पक्षका नेता टोपबहादुर रायमाझीले दाहाल–नेपाल समूहमा युद्ध र आन्दोलनको धङधङी अझै बाँकी रहेको आरोप लगाएका छन् । नेकपा (ओली)...
दाहाल–नेपालमा युद्ध र आन्दोलनको धङधङी अझै छ : रायमाझी

काठमाडौं, फागुन १ : नेकपा (ओली) पक्षका नेता टोपबहादुर रायमाझीले दाहाल–नेपाल समूहमा युद्ध र आन्दोलनको धङधङी अझै बाँकी रहेको आरोप लगाएका छन् । नेकपा (ओली) पक्षद्वारा बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै  रायमाझीले दाहाल–नेपाल समूहमा अझै आन्दोलन र युद्धको धङधङी रहेको आरोप लगाएका हुन् । 

उनले भने, ‘उहाँहरुसँग युद्ध र आन्दोलनको धङधङी अझै छ । विचार छैन, कार्यदिशा छैन । केवल पद प्रतिष्ठाका लागि प्रपञ्च  मात्र छ ।’

रायमाझीले दाहाल–नेपालसँग धेरै विकल्प नभएकोसमेत दाबी गरे । उनले दाहाल–नेपाल समूह सडकछाप भएको बताए । उनले भने, ‘जो सडकमा पछारिनुभयो, उहाँहरु सडकछाप हुनुभयो । उहाँहरुसँग कुनै विकल्प छैन ।’

रायमाझीले दाहाल–नेपालसँग केपी शर्मा ओली नेतृत्वको नेकपामा फर्किएर र चुनावमा जाने वा चुनाव बहिष्कार गर्ने दुई विकल्प रहेको बताए । 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्