Kathmandu Press

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १ : पश्चिम वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य भूभागमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावले आज बिहाननैदेखि देशका अधिकांश स्थानमा मौसम बदली भएको विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर धेरैजसो स्थानको मौसम बदली रहनेछ। साथै आकाश धुम्म हुने महाशाखाले जनाएको छ।

पोखरेलले प्रदेश १ का केही स्थानमा दिउँसो हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाले जनाएको छ। त्यस्तै, पूर्वि तराईमा हुस्सु र शीतलहर चल्ने जनाएको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा आज राति पनि हल्का वर्षा हुने जनाएको छ। अन्य भूभागमा भने सामान्य बदली हुनेछ।

काठमाडौं उपत्यकाको मौसम आंशिक बदली भएको छ। उपत्यकाको न्यूनतम तापक्रम बिहान ७ दशमलब ५ डिग्री सेल्सियस मापन भएको थियो। तापक्रम बढेर दिउँसो २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाको अनुमान छ।

महाशाखाका अनुसार आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने जनाएको छ।

त्यस्तै, सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ।

प्रकाशित मिति: ०९:१० बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्