Kathmandu Press

आज ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै

बुटवल, फागुन १ : नेकपा (ओली) समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको छ।आज मध्याह्न १२ बजे बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा जनसभा...
आज ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्दै

बुटवल, फागुन १ : नेकपा (ओली) समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको छ।

आज मध्याह्न १२ बजे बुटवल–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा जनसभा आयोजना गर्न लागिएको छ। सभालाई प्रधानमन्त्री एवं नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आजको जनसभामा दुई लाख जनता उतार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले बताए। उनका अनुसार रुपन्देहीबाट एक लाख र अन्य जिल्लाबाट एक लाख जनता सभामा सहभागी हुनेछन्।

प्रतिनिधिसभा विघटनपछिको अवस्थामा नेकपाका दुवै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन्। त्यहि क्रममा ओली समूहले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो।

प्रकाशित मिति: ०८:५५ बजे, शनिबार, फागुन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्