मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट ट्याम्पो चालकको मृत्यु
लहान, फागुन १ : प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्कारपियोले ठक्कर दिँदा ट्याम्पो चालकको मृत्यु भएको छ।सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५...
लहान, फागुन १ : प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्कारपियोले ठक्कर दिँदा ट्याम्पो चालकको मृत्यु भएको छ।
सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा मुख्यमन्त्री कार्यालयको स्कारपियोले ट्याम्पोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियोले स १ ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते ट्याम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)











