Kathmandu Press

निष्ठाको राजनीति नहुँदा देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

निष्ठाको राजनीति नहुँदा देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

भरतपुर, माघ ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन्।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा शुक्रबार हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए।

उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए। अध्यक्ष थापाले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको जिकिर गरे।

जिल्ला भेलामा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, राजाराम बर्तौला, नवराज विष्ट, नेता बालकृष्ण कार्की, हेटौँडा उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटा तथा राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राप्रपाले नेपालको संविधानको भावनालाई आत्मसात गर्दै जनतालाई शान्ति सुरक्षा, मौलिक हकको सम्वर्द्धन गर्न र आर्थिक सुमृद्धितर्फ उन्मुख गराउन सङ्घीय संसद् र प्रदेशसभामा सकरात्मक भूमिका निर्वाह गरेको बताए।

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्