Kathmandu Press

कटौती गरिएका चाडपर्व बिदा पुनः दिने सरकारको तयारी

काठमाडौं, माघ ३० :   नेपाल सरकारले  आदिवासी, जनजातिका कटौती भएका महत्त्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने भएको छ । सोनाम ल्होसार २८५७...
कटौती गरिएका चाडपर्व बिदा पुनः दिने सरकारको तयारी

काठमाडौं, माघ ३० :   नेपाल सरकारले  आदिवासी, जनजातिका कटौती भएका महत्त्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने भएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापाले यसअघि कटौती भएका चाडपर्वमा बिदा दिन सरकारले तयारी गरेको बताए ।
     
सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे ।
     
 सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे । नेपाललाई धर्मनिरपेक्ष राज्य निर्माण गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।
     
 

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्