पेस्तोल र मोटरसाइकलसहित एक जना पक्राउ

पर्सा, माघ ३० : कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २४ वर्षीय उपेन्द्र साह बिहीबार राति पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ बिआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












