१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

गुल्मी, माघ ३० : १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगतबहादुर राना बिहीबार साँझ पक्राउ परेका हुन् ।
रानाले ती बालिकालाई सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
प्रहरीले रानामाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












