Kathmandu Press

महिला राष्ट्रिय लिगमा पुलिसको सहज जित

काठमाडाै‌, माघ ३० : राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलमा पुलिसले...
महिला राष्ट्रिय लिगमा पुलिसको सहज जित

काठमाडाै‌, माघ ३० : राष्ट्रिय महिला लिगमा विभागीय नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० ले हरायो।

चन्द्रपुरविरुद्ध पुलिसले खेलको सातौं मिनेटमा सिर्जनाको गोलमा सुरुवाती अग्रता लियो । पहिलो हाफ १–०मै सकियो ।  दोस्रो हाफमा पुलिसले थप दुई गोल गरेको थियो । ५४औं मिनेटमा निर्मला र ८५औं मिनेटमा रेखाले गोल गरेपछि पुलिस ३–०ले विजयी भयो । 

लिगमा चौथो जित निकलोको पुलिस १४ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छ ।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्