Kathmandu Press

२३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी 

२३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
२३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी 

काठमाडौं, माघ ३० : सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो ।

२३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै फागुन २ देखि  ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारी,सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी खोप दिइने खोप महाशाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिए । 

अनुसार खोप दिनका लागि स्थानीय तहमै खोप केन्द्रहरु बनाउने तयारी भइरहेको उनले बताए। अहिले उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइरहने भएकाले यस्तो निर्णय गरेको उनले बताए । 

भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले मा१४ गतेबबाट खोप लगाउन सुरु गरेको थियो । जसअनुसार पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत फ्रन्टलाइनरलाई खोप दिइएको थियो । यस्तै, २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ।

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्