Kathmandu Press

'प्रधानमन्त्रीले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोसे'

काठमाडौं, माघ ३० :  डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता खोसेको आरोप लगाएका छन्।केसीले भने, ‘उनले विरोधसभा गर्ने...
'प्रधानमन्त्रीले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोसे'

काठमाडौं, माघ ३० :  डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता खोसेको आरोप लगाएका छन्।

केसीले भने, ‘उनले विरोधसभा गर्ने स्थान सीमित बनाए । नागरिक अधिकार खोसेर लगे । सोसल मिडियालाई पनि कन्ट्रोल गर्न खोजे । तथ्य लेख्दा पनि प्रहरी हिरासतमा हुने।’ 

त्यस्तै प्रधानमन्त्रीले गुन्डामार्फत गराउने काम प्रहरीबाट गराउन थालको केसीको आरोप छ ।  ‘उनले गुन्डामार्फत गराउने काम प्रहरीबाट गराउन थालेका छन् । म प्रहरीलाई कुनै दोष दिन्न । उनीहरुले त आदेश मान्ने हो । शासककै निरंकुश छ भने प्रहरीले के गरुन् ? आदेश त पालना गर्नुपर्‍याे,’ केसीले भने ।
 

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्