Kathmandu Press

जसपाका स्थायी समिति सदस्य हवारी ओली समूहको नेकपामा प्रवेश

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरे।
जसपाका स्थायी समिति सदस्य हवारी ओली समूहको नेकपामा प्रवेश

काठमाडौं, माघ ३० जनता समाजवादी पार्टी (जसपा)का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरे।

स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीभित्र काम गर्न शुभकामनासमेत दिए। वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरू पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको थियो।

पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, माघ ३०, २०७७