Kathmandu Press

जसपा स्थायी समिति सदस्य हवारी ओली समूहमा प्रवेश

जसपा स्थायी समिति सदस्य हवारी ओली समूहमा प्रवेश

काठमाडौं, माघ ३० : जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवम् पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेवाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहमा प्रवेश गरेका छन्। शुक्रबार बिहान हवारी पार्टी प्रवेश गरेका हुन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विषेश कार्यक्रममा स्वागत गरेका छन्।

स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिएका छन्। 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्