Kathmandu Press

वीरगञ्जमा भारतीय तस्कर सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

काठमाडौं, माघ ३० : वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई...
वीरगञ्जमा भारतीय तस्कर सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

काठमाडौं, माघ ३० : वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्। 

नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उतखनन गर्न आएका भारतीय तस्करलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। 

झडपमा परी २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन। 

उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्