Kathmandu Press

म्यानमारका १० सैन्य अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

वासिङ्टन, माघ ३० : अमेरिकाले म्यानमारका पूर्व र बहालवाला गरी १० सैन्य अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ।
म्यानमारका १० सैन्य अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

वासिङ्टन, माघ ३० : अमेरिकाले म्यानमारका पूर्व र बहालवाला गरी १० सैन्य अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनका अनुसार लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्न मुख्य भूमिका वहन गरेका कारण उनीहरूमाथि प्रतिबन्ध लगाइएको हो। म्यानमारको सेनाका तीनवटा कम्पनीमाथि पनि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको छ।

Hardik ivf

प्रतिबन्ध लगाइएकामध्ये ६ अधिकारी म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्का सदस्य हुन्। म्यानमार सेनाका कमान्डर इन चिफ मिन आङ लाइङ, डेपुटी कमान्डर इन चिफ सोइ विन, प्रथम उपराष्ट्रपति तथा सेना निवृत्त लेफ्टिनेन्ट जनरल मिन्ट स्यू, लेफ्टिनेन्ट जनरल सिन विन, लेफ्टिनेन्ट जनरल सोए तुत र लेफ्टिनेन्ट जनरल ये आङमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो।

यस्तै, अन्य चार सैन्य अधिकारी, रक्षामन्त्रीले नियुक्त गरेका म्यान तुन उ, परिवहन तथा सञ्चारमन्त्रीले नियुक्त गरेका एडमिरल तिन आङ सान, स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका संयुक्त सचिव विन उ र लेफ्टिनेन्ट जनरल आङ लिन द्वेमाथि पनि प्रतिबन्ध लगाइएको छ।
 

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, माघ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्